काठमाडौं । हाल सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा राष्ट्रिय स्तरका आठ ८ विकास बैंकले ५ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा बैंकको नाफा ७.३२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले ६ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका थिए । यस अवधिमा तीन बैंकको नाफा बढ्दा पाँचवटाको भने घटेको छ ।
तीन बैंकको नाफा बढ्यो
बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार तीन बैंकको नाफा बढेको छ । यस अवधिमा नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् ।
जसमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक रहेको छ । उक्त बैंकको नाफा अघिल्लो आवको तुलनामा २१.२९ प्रतिशत बढेर ७८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा बैंकले बैंकले ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, गत असार मसान्तसम्म गरिमा विकास बैंकको नाफा १८.१९ प्रतिशतले बढेको छ । भने मुक्तिनाथ विकास बैंकको नाफा १.६४ प्रतिशतले बढेको छ ।
नाफा घटेका पाँच विकास बैंक
बैंकहरुले सावर्जनिक गरेको विवरण अनुसार पाँच विकास बैंकको नाफा घटेको छ । नाफा घटेका बैंकहरुमा कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्विनी विकास बैंक र रहेका छन् ।
यस अवधिमा कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशत, ज्योति विकास बैंकको नाफा ०.६ प्रतिशत, महालक्ष्मी विकास बैंकको ४७.९५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट ३४.३८ प्रतिशत र लुम्बिनी विकास बैंकको नाफा ३.८८ प्रतिशतले घटेको छ ।
कुन बैंकले कति कमाए ?
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कामना सेवा विकास बैंकले यस अवधिमा ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अववधिको तुलनामा २६.९३ प्रतिशले कम हो । अघिल्लो आवमा बैंकले ५९ करोड ८५ हजार नाफा कमाएको थियो ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले गत असार मसान्तसम्म बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको भन्दा १.६४ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ३४ करोड १८ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
त्यसैगरी, महालक्ष्मी विकास बैंकले यस अवधिमा ४७ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.९५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ९० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
उक्त वित्तीय विवरण अनुसार ज्योति विकास बैंकले गत आवको चौथौ त्रैमाससम्म ५६ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । उक्त अघिल्लो आवको तुलनामा नाफा ०.६ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५६ करोड ४४ लाख नाफा कमाएको थियो ।
लुम्विनी विकास बैंकले गत आवको चौथो त्रैमाससम्म ६१ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको बर्षको सोही अवधिको तुलनाको बैंकको नाफा ३.८८ प्रतिशतले घटेको हो । अघिल्लो आवको अवधिमा बैंकले ६३ करोड ७१ लाख नाफा कमाएको थियो ।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले यस अवधिमा ३४ करोड ३७ लाख खुद नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आवको तुनामा ३४.८० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५२ करोड ७१ लाख नाफा कमाएको थियो ।
त्यसैगरी, गरिमा विकास बैंक गत असार मसान्तसम्म १ अर्ब २१ करोड खुद नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा १८.१९ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
उक्त वित्तीय विवरण अनुसार सर्वाधिक नाफा कमाउनेमा शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक रहेको छ । सो बैंकले यस अवधिमा ७८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आवमा ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत असार मसान्तसम्म २१.२९ प्रतिशत नाफा बढाएको हो ।
Advertisment