काठमाडौं : नेपाल स्टक एक्सचेञ्जन नेप्सेमा दुई विकास बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । बुधबार नेप्सेले लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार लुम्बिनी विकास बैंककोे १० वर्षे अवधिको ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रतिशत एल बि बि एल डिबेञ्चर २०८९’ को ऋणपत्र क्रम संख्या १ देखि १० लाख सम्मको अंकित मूल्य एक हजार रुपैयाँको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ मार्फत सर्वसाधारणमा ऋणपत्र जारी गरेको थियो ।
त्यसैगरी, महालक्ष्मी विबास बैंकको १० वर्षे अवधिको ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रतिशत महालक्ष्मी डिबेञ्चर २०८९’ को ऋणपत्र क्रम संख्या १ देखि १० लाख सम्मको अंकित मूल्य एक हजार रुपैयाँको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
बैंकले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सर्वसाधारणमा ऋणपत्र जारी गरेको थियो । दुवै बैंकको सूचीकृत ऋणपत्र बिहिबारदेखि कारोबारमा आने नेप्सेले जनाएको छ ।
Advertisment