Below Menu
Below Menu

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद

काठमाडौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो सात सय २० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ ।
 
फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौँ आएकी फिलिपिन्सकी अन्दाजी ३१ वर्षीया अनालङ अरोन्स रोविकनलाई पक्राउ गरिएकोे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए 

उgका अनुसार पक्राउ परेकी निज महिलाले आफ्नो भित्री वस्त्रमा पाँच पोका प्लास्टिकसहित दुई केजी सात सय २० ग्राम सुन मिसिएको पाउडर लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डको कार्यालयबाट खटिएको सादा पोशाकको टोलीले सामानसहित पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला पठाएको थियो ।

प्रहरीले हाल उक्त सुन र सुन ल्याउने निज फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए ।

Advertisment

थप समाचार