Below Menu
Below Menu

पशुपति जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव ढकालसहित तीन जना विरुद्ध मुद्दा दायर 

पशुपति जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव ढकालसहित तीन जना विरुद्ध मुद्दा दायर 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. प्रदिप ढकाल र कोषाध्यक्ष डा. मिलन कुमार थापासमेत गरी तीन जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा कोषका तत्कालीन सदस्य–सचिव डा. ढकाल, कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. थापा र कोषमा कार्यरत अरुण कुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो ।

उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको आयोगको भनाई छ । आयोगले उनीहरुविरुद्ध जनही एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ ५० पैसा बराबरको विगो माग गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 
 

Advertisment