वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म पक्राउ पर्दै
कास्की : पोखरा-९, नयाँ बजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सदस्यको बचत हिनामिना आरोपमा ३० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पुर्जी जारी हुनेमा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म छन् । जिल्ला अदालत, कास्कीले प्रहरीलाई पुर्जी पठाइसकेको छ जनाएको छ ।
संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् ।
सहकारीमा २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
Advertisment