काठमाडौं : एनएमबि बैंकका ग्राहकले हेटौंडा खानेपानीको महशुल मोबाइल बैंकिंग एपबाटै तिर्न सक्ने भएको छ । बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरी मोबाइल बैंकिंग एप प्रयोग गरी बिना कुनै झंझट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको हो।
एक कार्यक्रमको बीच एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो । कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
Advertisment