Below Menu
Below Menu

ग्लोबल आइएमई बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

ग्लोबल आइएमई बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

काठमाडौं : ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन आम्दानी घटेको छ । बैंको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन नाफा २५.०८ प्रतिशत घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ७६ पैसा घटेर ११ रुपैयाँ ३१ पैसामा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ । बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ ।

३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Advertisment

थप समाचार