Below Menu
Below Menu

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २४ अर्ब ७० करोडको ट्रेजरी बिल जारी गर्ने 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २४ अर्ब ७० करोडको ट्रेजरी बिल जारी गर्ने 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २४ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने, ५ अर्ब रुपैयाँ बराबरको १८२ दिने र ७ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।  

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी जेठ १ गते, ९१ दिन अवधिको ट्रेजरी साउन १गते, १ड२ दिन अवधिको ट्रेजरी असोृज २९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ बैशाख २ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि कार्यालयले चैत २५ गते आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल बिक्री गरेको थियो । 

Advertisment