Below Menu

एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा आउट

एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा आउट

काठमाडौं : राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो। 

Sponsored Advertisement

विराटनगरको यो तेस्रो जित हो। तेस्रो जितले विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ । पाचौं खेल हारेको पोखरा भने प्रतियोगिताबाट बाहिरिएको छ। 

जितका लागि पाएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा बसिर अहमदले ३७ र लोकेश बमले ३३ रनको योगदान गरे। 

पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २/२ विकेट लिए। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो । जसमा युवराज सामराले सर्वाधिक ८४ रन बनायो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए।

थप समाचार