Below Menu
Below Menu

बैंशाखसम्म करिब २० करोड सहुलियतपूर्ण कर्जा स्वीकृत 

बैंशाखसम्म करिब २० करोड सहुलियतपूर्ण कर्जा स्वीकृत 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा सहुलियतपूर्ण कर्जाका लागि करिब २० करोड रुपैयाँ स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैशाख मसान्तस्म्म विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जाका लागि १९ करोड ८९ लाख ८७ हजार ४० रुपैयाँ स्वीकृत भएको हो।

राष्ट्र बैंकका अनुसार १ लाख २६ हजार १९१ ऋणका बैंक तथा वित्तीय संस्थाबाट सो रकम बराबरको कर्जा लागि स्वीकृत भएको हो । जसमध्ये १३ करोड ८७ लाख ६ हजार ७६४ रुपैयाँ कर्जा प्रवाह हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी सहुलियत कर्जा व्यवसायिक कृषि तथा पशुपन्छीतर्फ रहेको छ । उक्त शीर्षकमा ४९ हजार ६३ ऋणका लागि ११ करोड ८८ लाख ७ हजार ३४४ रुपैयाँ कर्जा स्वीकृत भएको छ ।

जसमा बिनाधितोको ३५ लाख ८४ हजार ८६४ रुपैयाँ र धितोसहित ११ करोड ५२ लाख २२ हजार ४८० रुपैयाँ रहेको छ ।
त्यस्तै, शिक्षित युवा स्वरोजगार कर्जामा ११९ ऋणका लागि ६० हजार, विदेशबाट फर्केका युवा परियोजना तर्फ ७९५ ऋणका लागि ६ लाख ५३ हजार रुपैयाँ स्वीकृत भएको छ ।। 

राष्ट्र बैंकका अनुसार महिला उद्यमशीलतातर्फ पनि सबैभन्दा धेरै सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । जसअन्तर्गत ७४ हजार ९४२ ऋणका लागि ७ करोड ७५ लाख १३ हजार १२६ रुपैयाँ स्वीकृत भएको हो । 

त्यसैगरी दलित समुदाय व्यवसाय विकास तर्फ ६ लाख २१ हजार, कपडा उद्योग सञ्चालनका लागि १२ लाख ४२ हजार, प्राविधिक तथा व्यवसायिक तालिम परिपत्रबाट मान्यता प्राप्त संस्थाबाट दिइने तालिमतर्फ ४ लाख र युवा वर्ग स्वरोजगार तर्फ एक करोड ५२ लाख ९७ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो । 

राष्ट्र बैंकका अनुसार वैशाखसम्म कुल स्वीकृत सहुलियतपूर्ण कर्जाका लागि २ करोड २३ लाख ९० हजार ८१६ दशमलव ०९ रुपैयाँ ब्याज अनुदान दिइएको छ ।


 

Advertisment

थप समाचार