काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३.७९ अंकले बढेर २१०४.२२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड नौं लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा आँखु खोला जलविद्युत कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment