काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २३.२५ अंकले बढेर २१७५.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको देखिएको छ । आज बजारमा सात अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिईडीबी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बलेफी हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment