Below Menu
Below Menu

आर्थिक मन्दीको असर सिमेन्ट उद्योगमा, अग्नि सिमेन्टको व्यापार ४१ प्रतिशतले घट्यो

आर्थिक मन्दीको असर सिमेन्ट उद्योगमा, अग्नि सिमेन्टको व्यापार ४१ प्रतिशतले घट्यो

काठमाडौं : पछिल्लो समय निर्माण व्यवसायमा देखिएको मन्दीका कारण सिमेन्ट कम्पनीहरुको व्यापार घटेको छ । एकातिर भुक्तानीको समस्या र अर्कोतिर निर्माणका कामहरु ठप्प हुँदा अधिकांश सिमेन्ट कम्पनीहरुको व्यापारमा गिरावट आएको हो । 

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडका अनुसार सन् २०२३ मा अग्नि सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले ७० करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

यो सन् २०२२ को भन्दा ४१.८५ प्रतिशत कम हो । सन् २०२२ मा कम्पनीले १ अर्ब २१ करोड ६० लाख र सन् २०२१ मा १ अर्ब ३५ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो । 

अग्नि सिमेन्ट पब्लिक लिमिटेड कम्पनी हो । सन् २००७ मा स्थापना भएको यस कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । ओपीसीको प्रतिदिन उत्पादन क्षमता ९०० मेट्रिक टन  छ । 

कम्पनीले बैंक कर्जाका लागि ८८ करोड ९७ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमध्ये, दीर्घकालिन कर्जामा ४३ करोड ९७ लाखका लागि ‘केयर एनपी बी प्लस’ र अल्पकालिनमा ४५ करोड कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको हो । 

Advertisment

थप समाचार