काठमाडौं : सरकार र सहकारी पीडितबीच ८ बुँदे सम्झौता भएको छ । सम्झौतासँगै १ सय ८ दिनदेखि रत्नपार्कमा जारी पीडितकोरिले अनसन तथा धर्ना स्थगित भएको छ ।
आइतवार (आज) साँझ सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउन सहमत भएको हो।
पीडितको बचत फिर्ता र ऋण असुलीसम्बन्धी समस्याको पहिचान गर्न सहकारी विभागका उप-रजिष्ट्रारको नेतृत्वमा ५ सदस्यसमिति गठन गर्न सहमती भएको छ।
समितिमा मन्त्रालय, सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको प्रतिनिधि र सहकारी विभागका शाखा अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गर्ने सहमति भएको सहकारी विभागका उप रजिष्ट्रार टोलराज उपाध्यायले वित्तीय पोस्टलाई जानकारी दिए।
सम्झौतामा यसअघि दुई पटकसम्म मन्त्रालय र पीडितबीच भएको सहमति कार्यान्वयन गर्ने र प्रत्येक महिनाको अन्तिम आइतबारसमितिको कार्य प्रगतिका बारेमा बैठक बस्ने लगायतको सहमति भएको छ।
Advertisment