Below Menu
Below Menu

एनआईसी एशिया बैंकका ग्राहकले ‘लेमन ट्री होटेल’ मा ३५ प्रतिशतसम्म छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले ‘लेमन ट्री होटेल’ मा ३५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं : बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटेलका विभिन्न सेवामा एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीले ३५ प्रतिशतसम्म छुट पाउने भएको छ ।

नजिकिँदै गरेका दसैं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा बैंकको भिजा डेबिट कार्ड, भिजा क्रेडिट कार्ड साथै मास्टर कार्डको प्रयोग गरी उक्त होटेलका सेवा लिने ग्राहकलाई उक्त छुट दिइने भएको हो ।

उक्त छुटका लागि एनआईसी एशिया बैंक र लेमन ट्रि प्रिमियर होटलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले होटलको बसाइ, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

यस्तै स्पा सेवामा भने भिजा डेबिट कार्ड र मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिजा क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिजा र मास्टर कार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्नेछन् ।

उक्त छुट अफर २०२४ नोभेम्बर ३० अर्थात २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागु हुने बताइएको छ । ‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्नेछ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने बताइएको छ । यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुने पनि बताइएको छ ।

Advertisment

थप समाचार