Below Menu

वित्तीय चेतना: सेयर धितो कर्जासम्बन्धी सीमा 

वित्तीय चेतना: सेयर धितो कर्जासम्बन्धी सीमा 

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने सेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम गर्न सकिन्छ ।

Sponsored Advertisement

सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्दछ। धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ता बाहेकको हकमा यस्तो कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कुल रू. १५ करोड (कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट कुल) कायम रहेको छ ।

Sponsored Advertisment