प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सवमा रक्तदान

प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सवमा रक्तदान

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ।

 बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

 रक्तदानमा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी ३९२ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिँदै मानवजीवन रक्षाकोलागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।