काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।