Below Menu
Below Menu

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौं साधारण सभा सम्पन्न

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौं साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न गरेको छ ।

कार्की ब्याङ्केट, बबरमहल काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, रत्न राज बज्राचार्य, लालमणी जोशी, लिमा अधिकारी आचार्य, प्रवीण सुवेदी र महेश प्रसाद दहालको उपस्थिती थियो । साथै, उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिती थियो ।

सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष अग्रवालले बैंकले समिक्षा अवधिसम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनी महानुभावहरुलाई जानकारी गराएका थिए।

उक्त सभाले बैंकको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण लगायत सभा समक्ष प्रस्ताव गरिएका सम्पूर्ण एजेण्डाहरु सर्वसम्मतिले पारित गरेको छ ।

Advertisment

थप समाचार