प्रतितोला एक हजार १०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

प्रतितोला एक हजार १०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार १०० सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।  

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार