काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यसतै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।