सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ।  

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार