Below Menu

सहकारी सम्बन्धी अध्यादेशमा के छ? (पढ्नुहोस् प्रमाणित अध्यादेश)

सहकारी सम्बन्धी अध्यादेशमा के छ? (पढ्नुहोस् प्रमाणित अध्यादेश)

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले अध्यादेश स्वीकृतसहित जारी गरेसँगै कार्यान्वयनको लागि सरकारलाई बाटो खुलेको छ ।

सरकारले गत मंगलबार अध्यादेशमार्फत सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय गरेको थियो । जसअनुसार सहकारी ऐन २०७४, राष्ट्र बैंक ऐन २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ मा संशोधन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

अदालतमा विचाराधीन अन्य फौजदारी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधबाहेकका मुद्दामा मिलापत्र, सहकारीको दर्ता र वर्गीकरण, व्यक्तिगत बचत तथा ऋणको सीमा, कर्जा सूचना केन्द्रमा आबद्धता, सहकारी कर्जा तथा सुरक्षण कोष स्थापनालगायत व्यवस्था पनि अध्यादेशमा छ ।

पढ्नुहोस् पुरा अध्यादेश

Sponsored Advertisment