Below Menu

बीमा प्राधिकरणमा रोजगारीको अवसर

बीमा प्राधिकरणमा रोजगारीको अवसर

काठमाडौं : नेपाल बिमा प्राधिकरणले कर्मचारी माग गरेको छ ।  प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुला गरेकाे हाे ।

यसमा योग्य तथा इच्छुक व्यक्तिले माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।  अनलाइनमार्फत आवेदन दिन सकिने पनि प्राधिकरणले जनाएको छ ।

नेपाल बिमा प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनद्वारा कार्यकारी निर्देशकमा १ जना, निर्देशकमा ४ जना, उपनिर्देशकमा ३ जना र उपनिर्देशक (कानून)मा २ जनाको बढुवा गर्ने र आन्तरिक प्रतियोगिताद्वारा उपनिर्देशक पदमा १ जनाको बढुवा गर्ने जनाएको छ।

त्यसैगरी खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी १४ जनाको लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले सहायक निर्दशकमा ५ जना, सहायक निर्देशक (कानून) मा ५ जना र सहायक प्रथममा ४ जनाका लागि आवेदन खुलाएको हो।

Sponsored Advertisment