काठमाडौं : ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं ‘ह्यात सेन्ट्रिक’मा रुपान्तरण भएको घोषणा गरेको छ ।
काठमाडौँको सोल्टीमोडमा अवस्थित यस होटलले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्दछ।
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंले आधुनिक यात्रुहरूलाई नेपालको राजधानी, काठमाडौँको सारलाई अनुभव गर्न स्वागत गर्दछ र आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरुको जीवन्त मिश्रण प्रदान गर्दछ ।
यस होटलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्यहरू तथा रमाइलो र जानकारीमूलक अनुभवहरूको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउँछ।
१० रोपनी क्षेत्रफल फैलिएको यो होटलमा १ सय ५३ कोठा छन् । यो पाँचतारे स्तरको होटल हो ।
होटलमा ८ हाजर ६०० वर्ग फिटभन्दा बढीको आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहरू खानपान सेवा, सुविधाहरू सहित उपलब्ध छ । एकै पटकमा १० देखि ६०० व्यक्तिलाई सेवा दिन सक्ने यो होटलकोमा बैठक, विवाह, र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त रहेको उल्लेख छ ।

Advertisment