काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।