Below Menu
Below Menu

‘सहकारीमा बचत थप्ने होइन जोगाउने बेला हो, सीमाको विषय लिएर कराउनुको अर्थ छैन’ 

‘सहकारीमा बचत थप्ने होइन जोगाउने बेला हो, सीमाको विषय लिएर कराउनुको अर्थ छैन’ 

काठमाडौं : अहिले कृृषि सहकारीमा आवद्ध भएर कृषिको रुपान्तरण, उत्पादन र व्यवसायीकरणमा गरेको योगदानलाई प्रदर्शीत गर्ने अवसर पनि हो । तपाईहरुको अभियान सफल हुँदैछ भनेर पुष्टि गर्ने ठाउँ पनि हो । तसर्थ हाम्रो काम तपाईहरुको हौसला बढाउने हो ।

दुवै कुरा सँगसँगै हुन सक्दैन कृषिको उत्पादन बढेन, कृषिमा केही भएन भनिरहँदा र कृषिको उत्पादनले बजार पाएन, यति चिजको आयात र खपत भयो भन्ने कुराको बीचमा तालमेल मिलेको छैन । ३० वर्ष यता धेरै कृषिजन्य वस्तुको उत्पादन दोब्बर भएको छ । धानको उत्पादलन ३५ लाख मेट्रिक टनबाट बढेर झण्डै ५९ लाख मेट्रिक टन पुगेको छ ।

दुध र मासुजन्य वस्तुको, अण्डा र तरकारीको उत्पादनसँगै उपभोग पनि बढेको छ । हामी एक जनाले ३० वर्ष अगाडी ४५ केजी लगभग खान्थ्यो रे भने अहिले झण्डै १४० केजी खान्छौं भनेर वेवसाइटमा भेटिन्छ । कृषिका व्यक्तिहरुले यसलाई स्पष्ट गर्नुहोला । यो सबै यसै सम्भव भयो त ? 

धानको उत्पादन तीन गुणा भएको छैन । तर, त्यसबाहेक माछा मासु, दुग्धपथदार्थ, तरकारी र फलफूल, केरा र किबि, एभोकाडो, ड्रागन फ्रुटले बजार पाएको छैन । यसै यो अवस्थामा आएको हैन । किसानले कति मेहनत गरेको होला । कति लगानी भएको होला । त्यो लगानीको प्रतिफल अहिले हामीले खोजि रहेको अवस्था हो । त्यसलाई उपयुक्त बजारको व्यवस्थापन गर्ने काम आजको माग हो । जुन कृषि सहकारीको माध्यमबाट सम्भव छ ।

कृषि बजारको विकासका लाग कोशिस गरिएको हो । जग्गा पनि खोजिएको हो । कतिपय प्रयास सफल भएका छन् । काठमाडौं केन्द्रीत हाम्रा कामहरु सफलहरु भएका छैनन् । बाहिरका बजार किवासका कामहरु सफल हुँदैछन् । केही चीजको आयातलाई व्यवस्थित गरेर हामीले यहाँ उत्पादित कृषि उपजलाई संरक्षण गर्नुपर्छ, कृषि प्रशोधनलाई अगाडी बढाउनुपर्छ ।

त्यसमा कृषि तथा पशुपन्छि मन्त्रालयका मातहतका परियोजनाहहरु र मैले अहिले छलफल चलाइरहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजनाका कार्यक्रमहरु कृषि सहकारी संघका कार्यक्रमसँग कसरी जोडर लान सकिन्छ भनेर छलफल गरिरहेका छौं ।

अहिले हामी लाखौं टनको राँगाको मासु निर्यात गर्ने, भैँसी पाल्ने कुरा गरिहेका छौं । कृषि मन्त्रालयले भैँसी पाल्ने हो र अब ? भैँसी पाल्ने तपाई किसानहरुले हो । तर, तपाईहरुले पाल्ने पशु किन्ने र त्यसलाई व्यवस्थापन गर्ने र निर्यातका लागि सहजीकरण गर्ने काम मन्त्रालयले गर्छ । हामीले यो विषयमा पनि छलफल गरिरहेका छौ। 

कतिपय दुग्घ पदार्थहरु उत्पादन बढी भयो र बजार पाएको छैन भनिरहँदा प्रोसेसिङका कुरामा उद्योगा वाणिज्य तथा आपूर्ति मन्त्रालय संलग्न हुन्छ । कृषि सहकारी र कृषि उद्यमहरुलाई उद्योगमा परिवर्तन गर्न उद्योग मन्त्रालयले कसरी सहजीकरण गर्नुपर्छ भन्ने विषयमा पनि छलफल गरिरहेका छौं । तपाईको उत्पादन प्रशोधन र भण्डारण भयो बिक्रीको लागि बजार पाएन भन्ने स्थिति छैन ।

यो अवस्थाको अन्त्य गर्न प्रशोधन र भण्डारणको तहमा उद्योग मन्त्रालयसँग सहकार्य गर्नुपर्ने छ । त्यसमा पनि सरकारको तर्फबाट हामीले काम गरिहेका छौं । केही प्राविधिक विषयहरु छन् । बिउ बिजनका कुराहरु छन् । हामीले बालीमा दाना नलागेको देखेका छौँ । पशुमा रोग लागेका छौं । कतिपय फलफूल खेतीहरुमा अप्ठ्यारो भएको देखेको छु ।

यी सबै कुराहरुको हल गर्न प्राविधिक रुपमा कृषि ज्ञान केन्द्र, कृषि मन्त्रालय, कृषिका प्रदेश स्थित कार्यालयहरु, कृषिका स्थानीय तहका शाखाहरु, त्यहाँ जनशक्तिको व्यवस्थापन गर्नुछ । जसले तपाईहरुको अभियानलाई साथ दिन सकोस् । यी कामका लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा सम्बन्धीत मन्त्रालयका व्यक्तिहरुसँग सम्पर्क गर्नुहोला । प्रधानमन्त्रीको मातहतमा गर्नुपर्ने कामका लागि सहजीकरणका लागि हामी तपाईहरुको साथमा छौं।

सहकारी अभियानको सन्दर्भमा अहिले चालिएका अध्यादेश मार्फत केही कुराहरुमा केही गुनासो छ । त्यसमा मन्त्रीज्युले स्पष्ट गरिसक्नुभएको छ । बचतमा सीमा, पदाधिकारीको पदावधिको विषयहरु मिल्दै जान्छन् । अहिले मुख्य बुँदा भनेको कृषि सहकारीसँँग सम्बन्धीत प्रारम्भिक संस्थाका लागि कुनै चासोको विषय भएन । तपाईहरुले गर्ने कामहरुमा खासगरी बचत ऋणको कारोबार धेरै हुँदा बचतको सीमाको कुरा उठेको होला ।

अबको काम सहकारी संस्थाहरुप्रतिको विश्वास बढाउने हो । त्यसको स्वनियमन पहिले बलियो बनाउने, अनुगमनलाई प्रभावकारी बनाउने हो । कोही समस्यामा परे भने त्यसको समाधान गर्नका लागि प्राधिकरणलाई काममा ल्याउने हो । अब त्यसतर्फ लागौं ।

त्यसमा भएका कमीकमजोरीहरु सहकारी ऐन पूर्ण रुपमा संशोधन हुँदाखेरी संशोधन भएर आउनेछन् । अहिले नै कसैले सहकारी अभियानलार्य खुम्च्याउन लागिएको हो की भन्ने अर्थमा नबुझ्नस होला । पछि गएर पुँजीका सीमाहरु पनि हट्दै जान्छन् । जब व्यवस्था अलिकति बलियो हुन्छ । 

सहकारीमा बचत कति राख्ने भनेको तपाईँले कति पूँजी जम्मा गर्न सक्नुहुन्छ त्यसको निश्चित गुणासम्म बचत राख्न पाउने हो । तपाईको पुँजी १ करोड छ भने १० करोड रुपैयाँसम्मको बचत राख्न पाउनुपर्छ । बैंकिङ क्षेत्रमा पनि हामीले त्यस्तै प्रथालार्य चलाएर बैंकहरुलई सुसुज्जित र बलियो बनाएका हौं । तसर्थ यो विषयमा छलफल गरेर अघि बढौँला ।

भर्खरै अध्यादेश आएको छ । यसैमा संशोधनको कुरा नगरौँ । केही समयपछि सहकारी ऐनको संशोधनमा बचत संकलनलाई पुँजीकोषको आधार अथवा प्राथमिक पुँजीको आधाबाट तय गर्ने र अन्य कुराहरु आफ्नो बचतकर्तालाई बचत फिर्ता दिन सक्ने क्षमताको आधारबाट लिएर जाउँला । यसमा थप छलफल गरेर अघि बढ्ने हो । अहिले यसले तपाईहरुलाई रोक्छ जस्तो लाग्दैन । अहिलेको सहकारीमा बचत जोगाउने बेला हो । थप्ने होइन । बचत जोगाउने बेलामा यति करोड जम्मा गर्न पाइएन भनेर धेरै कराउनुको अर्थ रहँदैन ।

भोलिका दिनमा यसलाई जोगाउनका लागि लाग्ने हो । त्यसतर्फ पहल गरौं । कृषि सहकारी संघका विषयमा अन्तर्राष्ट्रिय सहयोगको पनि कुरा उठेको छ  । यस सन्दर्भमा पनि कृषि र अर्थ मन्त्रालयसँग पनि कुराहरु भएको छ । कृषि सहकारी सं)स्थाह्रुलाई अघि बढाउनका लागि साना किसान सहकारी लघुवित्त संस्था छ ।

उक्त संस्थाको क्षमता बढाउन पनि हामी लागेका छौं । म गर्भनर हुँदा ३ अर्बको संस्था अहिले ५० अर्बको भएको छ । हामी सबैको सहकार्यबाट नै सम्भव भएको छ । 

सहकारी प्रणाली मार्फत अर्थतन्त्रको उत्थान र कृषि क्षेत्रको उत्थानका लागि सरकार सक्षम र संयमित छ । हामीले गति छोड्न भएन । आजको स्थिति केही व्यक्तिहरुको कारणले हामी सबै अप्ठ्यारोमा परेको अवस्था थियो भन्ने बनाउँ । अब छ र हुने छ भन्न्ने स्थिति पनि  नबनाउ । अब त्यस्तो हुने छैन । (सरकारका आर्थिक सल्लाहकार तथा पूर्वगभर्नर युवराज खतिवडाले नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं वार्षिक साधारणसभामा राखेको विचार) 

Advertisment

थप समाचार