नेपालको पुँजी बजारमा पर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारको तयारी छः मन्त्री भण्डारी 

नेपालको पुँजी बजारमा पर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारको तयारी छः मन्त्री भण्डारी 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पुँजी बजारमा प्रर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारले तयारी गरिरहेको बताएक छन् ।

नेपाल निर्यात परिषदको २७औँ वार्षिक साधारणसभाको सम्बोधन गर्दै उनले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु बनाइरहेको बताए । उनले लगानीको मुनाफा सुनिश्चीत गर्न नीतिगत सुधारमा सरकार लागिपरेको बताए । मन्त्री भण्डारीले नेपालको उत्पादन अन्यत्र निर्यातका निजिक्षेत्रले उत्पादनमा जोड दिनुपर्ने बताए ।

उनले भने, “नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको छ । त्यसले नेपालको उत्पादनमा असर परिरहेको अवस्थामा उक्त श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाई रोजगारी बढाउनु पर्दछ । उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु आजको आवश्यकता हो । विभिन्न उत्पादित वस्तुको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भरका लागि र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने आवश्यकता टड्कारो भईसकेको छ । त्यसका लागि सरकार र निजी क्षेत्रले नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्नुपर्दछ ।” 

विगत २७ वर्ष देखी नेपाल निर्यात परिषदले समग्र राष्ट्रको निर्यात व्यापार तथा व्यवसायमा आईपर्ने विभिन्न समस्याहरु सरकार तथा सम्बन्धित निकायहरुसंग सहकार्य गर्दै व्यवस्थित रुपमा समाधान समेत गरी सम्पूर्ण निर्यात योग्य बस्तुहरुको निर्यात व्वसायमा संलग्न उद्यमी, व्यवसायीहरुको व्यवसायिक क्षमता अभिबृद्धि गरी, गराई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निर्यात व्यापारको विकास, विस्तार, संरक्षण, प्रवर्धन गर्दै आएको कुरा सर्वविदितनै छ।

देशमा निर्यातित बस्तुहरु आयातितको दाँजोमा निकै गौण हुनु दुर्भाग्य बनिरहेको उनले बताए । उनले भने,  ख्हाम्रा उत्पादन विश्व बजारमा उच्च मागमा छ । हाम्रा कला, सिल्प हामी माझमै छ। फेरीपनि निर्यात बढ्न नसक्नु हाम्रो कमजोरी हो । यसर्थ स्वदेशमानै स्वदेशी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन तथा प्रशस्त रोजगारीको श्रृजना गर्न, र साथै निर्यातजन्य उत्पादनबाट बैदेशिक मुद्रा आर्जन गरि त्यसको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याउदै आएको एक मात्र यस परिषदले हरसमय चनाखो रहि निर्यात प्रवर्धनको विभिन्न सम्भाव्यताको खोजी गर्नु पर्दछ ।” 

उनले भने, “आयातमुखी अर्थतन्त्रले कुनैपनि राष्ट्र सबल हुन सक्दैन । तसर्थ निर्यात प्रवर्धननै आजको आवश्यकता रहेको छ । अतः यिनै आवश्यकतालाई दृष्टीगत गरि नेपाली उत्पादित बस्तुहरुको अन्तराष्ट्रिय बजारमा निर्यात प्रवर्धन गर्नको लागि बस्तुहरु गुणस्तरिय एवं प्रतिष्पर्धात्मक उत्पादन गर्ने र यसको निकासी अभिबृद्धि गरी निर्यात प्रवर्धनको माध्यमबाट व्यवसायको स्थाईत्व,संरक्षण, प्रवर्धन गर्दा मूलुकमा दिगो विकासका साथै रोजगारी प्रशस्त गर्न सकिन्छ । यसका लागि नेपाली उत्पादनमा लगानी बृद्धि गरि आयातीत बस्तुहरुलाई निर्यात प्रवर्धनको माध्यमबाट क्रमशः प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रमा ठूलो सुधार ल्याउन सकिन्छ ।” 

उद्योग मन्त्री भण्डारीले आयातमुखी बजारलाई निर्यातमुखी बनाउन हाम्रा उत्पादित बस्तुहरुको प्रतिष्पर्धि क्षमतामा अभिवृद्धि गरी निर्यात प्रवर्धनको माध्यमबाट सम्पूर्ण नेपाली निर्यातित बस्तुहरुको निर्यातमा उल्लेख्य बृद्धि गर्न, र साथै लक्ष्यलाई मुर्तरुप प्रदान गर्न एवं नेपाली वस्तुहरुको विविधिकरण गरी निर्यात क्षेत्रको विस्तार गराई अन्तराष्ट्रिय बजार प्रवर्धनमा मार्ग प्रशस्त गर्न यस्ता दिवसले निकै ठूलो भुमिका खेल्ने बताए । 

निकासी व्यापारमा संलग्न उद्यमी, व्यवसायीहरुले निर्यात प्रवर्धन लगायतजन्य विविध पक्षहरुमा आईपर्ने समस्या, समाधानका उपाय, वस्तु प्रवर्धन, विकासका लागि अपनाउनु पर्ने रणनितिहरु समेत सिक्ने अवसर प्राप्त गर्ने विश्वाश व्यक्त गरे। । 

थप समाचार