सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो 

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

थप समाचार