काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।