Below Menu
Below Menu

एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : एनएमबि बैंकको २९औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो । 

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको थियाे । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको छ । 

बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 
 

Advertisment

थप समाचार