प्रतितोला एक हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला एक हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार