Below Menu

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु  

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु  

याङ्गुन : उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो ।

Sponsored Advertisement

स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार भने, “खानीमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।” उनले भने, “तीन दिनको खोजी प्रयासपछि ३१ जनाको मृत शरीर खानीबाट निकालिएको छ र दुर्घटनाको पहिलो दिन घाइते अवस्थामा उद्धार गरिएका एक जनाको अस्पतालमा मृत्यु भएको थियो।” 

केही व्यक्ति अझै बेपत्ता रहेका तर उनीहरूका जीवित उद्धार हुने आशा हराएको स्थानीय अधिकारीलाई उद्धृत गरी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Sponsored Advertisment

थप समाचार