प्रतितोला एक हजार १०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

प्रतितोला एक हजार १०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार