बैंकमा रहेको तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न अर्थमन्त्रीको जोड

बैंकमा रहेको तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न अर्थमन्त्रीको जोड

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैकिङ प्रणालीमा रहेको पर्याप्तता तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न जोड दिएका छन् । बिहिबार राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘बैंकहरुमा तरलता विस्तार भएको छ । यसलाई उत्पादन, उत्पादकत्व र रोजगारीमा प्रयोग गर्न बैंकहरुले योजना बनाएर अघि बढ्नुपर्छ ।’ 

यसका साथै उनले असाधारण मेहनतबाट अघिबढ्न समेत बैंकका कर्मचारीहरुलाई आग्रह गरेर उनले भने, ‘संकट र चुनौतीलाई सामना गर्दै बैंक यो अवस्थामा आइुपगेको छ । व्यवसायिक र दक्षताका हिसाबले पनि अन्य बैंकहरुलाई उछिन्न सकोस् । औसत काम अल्झिएर मात्र सफलताको  मूंल्यांकन गर्ने मानसिकताबाट उठेर असाधारण मेहनतबाट अघि बढ्नुहोस् ।’ 

अर्थमन्त्री पौडलले दबाबमा रहेको अर्थततन्त्रलाई सकारात्मक दिशातर्फ उन्मुख गरेको दाबी गरे । उनले भने, ‘मुलुकको अर्थतन्त्र दबाब र च्यापमा रहेको छ । यस् समस्यारुहलाई चिन्दैं र चिर्दै अहिलेको सफलतामा आएका छें । यतिमा मात्रै चुप लागेर बस्ने बेला छैन । उत्पादन, उत्पादकत्व र रोजगारीमा जोड दिई अघि बढ्न आवश्यक छ ।’

यसका साथै उनले सरकार औसत काम गरेर दिन बिताउने पक्षमा नरहेको समेत बताए । उनले भने, ‘छोटो समयमा दुरगामी महत्वका उपलब्धी हासिल गर्न चाहन्छौं । निराशालाई आशामा बदलेर देशमा भविष्य खोज्न अनुकुल वातावरण सिर्जना गर्न सरकारले अध्यादेशमा २९ वटा कानुन संशोधन गरेको छ ।’

विदेशी लगानी अभिवृद्धि गरी उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गरी उल्लेख्य प्रगति हासिल गर्न अध्यादेश ल्याएको उनले बताउँदै उनले भने, ‘तीव्र गतिमा सरकार अघि बढ्न चाहन्छ ।’  
 

थप समाचार