सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार