प्रतितोला नौ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला नौ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार