काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले प्रिमियममा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित मा३ ३० गते साधारणसभा बोलाएको हो ।
उक्त सभा सो दिन बिहान १०ः३० बजे होटल डेनेभो कालिका नगर बुटवल रुपन्देहीमा हुनेछ ।
सभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, र सर्वसाधारणमा जारी गरिने शेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment