Below Menu
Below Menu

शेयर बजारमा दोहोरो अंकको सुधार, नौ अर्ब ४० करोड नाघ्यो कारोबार 

शेयर बजारमा दोहोरो अंकको सुधार, नौ अर्ब ४० करोड नाघ्यो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा नौं अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा आठ अर्ब ९२ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा उपकार लघुव्त्ति वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर र जानकी फाइनान्स रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज दोल्ती पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतले घटेको छ ।
 

Advertisment