Below Menu
Below Menu

१०२ सूचीकृत कम्पनी मार्जिन कारोबारका लागि योग्य, विकास बैंक र फाइनान्सको संख्या न्युन 

१०२ सूचीकृत कम्पनी मार्जिन कारोबारका लागि योग्य, विकास बैंक र फाइनान्सको संख्या न्युन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले मार्जिन कारोबारका लागि योग्य १०२ वटा सूचीकृत कम्पनीहरुको सार्वजनिक गरेको हो । 

मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ । 

यस अघि मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको संख्या ११२ रहेको थियो भने अहिले उक्त संख्या घटेर १०२ मा झरेको छ । नेप्सेका अनुसार मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुमा वाणिज्य बैंकतर्फ १६ कम्पनी रहेका छन् । यता विकास बैंकहरु छ वटा रहेका छन् भने फाइनान्सतर्फ आइसीएफसी फाइनान्स मात्र रहेको छ । 

त्यस्तै गरी माइक्रोफाइनानसहरुमा ३४ कम्पनी मार्जिन कारोबारका लागि योग्य रहेका छन् । नेप्सेका अनुसार निर्जीवन र जीवन बीमा गरी १८ इन्स्योरेन्स कम्पनी, १६ वटा हाइड्रोपावर, दुई होटल्ससहित अनइ कम्पनी रहेका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको वित्तीय अवुस्था खस्किदै जाँदा मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको संख्या पनि घट्दै गएको हो । 

Advertisment