Below Menu
Below Menu

नेप्से परिसूचक २७ सय बिन्दुमा, १२ अर्ब ९५ करोड नाघ्यो कारोबार 

नेप्से परिसूचक २७ सय बिन्दुमा, १२ अर्ब ९५ करोड नाघ्यो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २४.५० अंकले बढेर २६५७.७७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २०२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा नौं अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा उन्नति सहकार्य लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जि डेभलपमेन्ट रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । 

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment