नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने 

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं : नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको  ५० लाख ३० हजार ९०१ दशलमव ५५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरेको थियो । जसअनुसार माघ १७ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । 

इन्स्योरेन्सको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नेको इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।

थप समाचार