Below Menu
Below Menu

सरकारको कुल खर्च साढे छ खर्ब, सरकारी खातामा २९७ अर्ब नगद मौज्दात 

सरकारको कुल खर्च साढे छ खर्ब, सरकारी खातामा २९७ अर्ब नगद मौज्दात 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा सरकारको कुल खर्च साढे छ खर्ब रुपैयाँ रहेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म सरकारको कुल खर्च ६ खर्ब ६७ अर्ब ६० करोड रहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार समीक्षा अवधिमा चालु खर्च ४५२ अर्ब, पुँजीगत खर्च ५६ अर्ब ९४ करोड र वित्तीय व्यवस्था खर्च १५८ अर्ब ६६ करोड रहेको छ । 

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ५५९ अर्ब ६१ करोड पुगेको छ । 

यस अन्तर्गत कर राजस्व ४८९ अर्ब ४० करोड र गैर कर राजस्व ७० अर्ब २१ करोड परिचालन भएको छ । 

पुस मसान्तसम्म राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ९७ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।

२०८१ असार मसान्तमा यस्तो मौज्दात रु.८३ अर्ब ९९ करोड रहेको थियो।

Advertisment