काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाैष मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।
तथ्यांक अनुसार यस अवधिमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । आयात ७.१ प्रतिशतले बढेकाे छ भने निर्यात ३१.८ प्रतिशले बढेको छ । शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुल विदेशी वनिमय सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ भने नेपाल सरकारको खर्च ६ खर्ब ६७ अर्ब ६० करोड र राजस्व परिचालन ५ खर्ब ५९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत छ । आयात ४.२ प्रतिशतलेघटेकोर निर्यात ६.१ प्रतिशतले घटेको छ ।
Advertisment