Below Menu
Below Menu

सहकारी अध्यादेशमा १४ सांसदद्वारा अस्वीकार प्रस्ताव दर्ता 

सहकारी अध्यादेशमा १४ सांसदद्वारा अस्वीकार प्रस्ताव दर्ता 

काठमाडौं : सरकारले जारी गरेको सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमा प्रतिनिधिसभामा १४ जना सांसादले अस्वीकार प्रस्ताव दर्ता गराएका छन् । 

संसद् सचिवालयका अनुसार सांसदहरू चन्दा कार्की, सोबिता गौतम, बिनिता कठायत, तोसिमा कार्की, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, पूर्ण बहादुर घर्ती, राम कुमार राई, लेखनाथ दाहाल, मिना तामाङ, शिशिर खनाल, प्रेम सुवाल, सुमना श्रेष्ठ र स्वर्णिम वाग्लेले अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गराएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए।

Advertisment