प्रतितोला दुई हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला दुई हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार