सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि तोलामा १६ सयले बढ्यो 

सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि तोलामा १६ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार