सुनको मूल्य घट्यो, चाँदी बढ्यो

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार