‘अर्थतन्त्र चलायमान बनाउन पोलिसि मेर्थटमा काम गरिरहेका छौं, अध्यादेशले पनि सशक्त भूमिका खेल्छ’ 

‘अर्थतन्त्र चलायमान बनाउन पोलिसि मेर्थटमा काम गरिरहेका छौं, अध्यादेशले पनि सशक्त भूमिका खेल्छ’ 

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  मुलुकको अर्थतन्त्र ओरालो लाग्ने क्रम रोकिएर सुधारतर्फ अग्रसर भइरहेको बताएका छन् । 

चालु आर्थिक बर्षको बजेटको अर्धबार्षिक मूल्याङकन प्रतिवेदनबारे जानकारी दिन अर्थ मन्त्रालयमा बिहिबार आयोजित पत्रकार भेटघाटमा उनले सरकार काम गर्ने र नतिजा ल्याउने विषयमै केन्द्रित रहेको स्पष्ट पारे । 

अर्थमन्त्री पौडेलले भने, “वर्तमान सरकार गठनभएदेखि यहाँसम्म आइपुग्दा तथ्याङकलाई राम्रोसँग विश्लेषण गरेर हेर्ने हो भने अर्थतन्त्र ओरालो लाग्ने क्रमलाई रोकेर क्रमशः सुधारतर्फ अग्रसर छ । सवै परिसूचकले यही बताइरहेका छन् । कार्य क्षमताका आधारमा यो सरकार सक्षम छ ।”

सुरु गरिएका सुधारका अभ्यासलाई तीव्रता दिने तथा छिटो परिणाम हासिल गर्नेतर्फ सरकार उन्मुख रहेको बताउँदै उनले भने, “सरकारले राम्रो काम गरेको छ, राम्रो गर्दै जान्छ, जति राम्रा काम भएका छन् त्यसप्रति गर्व छ, अझ राम्रो गर्ने सङकल्प छ ।”

समग्र आर्थिकका साथै राजस्व वृद्धिमा प्रगति भएको उनको भनाइ छ । अर्थतन्त्र चलायमान बनाउन अध्यादेशले सशक्त भूमिका खेल्ने बताउँदै उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउनका निम्ती पोलिसि मेर्थटमा पनि हामी काम गरिरहेका छौं । अहिलेको अध्यादेश पनि अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने छ । अध्यादेशले मुख्यतया अर्थतन्त्र बढाउनेमा आत्मविश्वास दिलाएको छ ।’ 

साथै उनले जति पनि काम गरेको छ सरकारले त्यो भन्दा अझैं राम्रो काम गर्ने  संकल्प सरकारले लिएको बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा शिवराज अधिकारीले सरकारले चालेका सुधारका कार्यक्रमको केही समयपछि नतिजा देखिने बताए । 

अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आर्थिक क्रियाकलापलाई चलायमान बनाउँदै पुँजीगत खर्च बढाउने र अर्थतन्त्र ठिक बाटोमा लैजाने काम भइरहेको बताए । 

थप समाचार