सुनको मूल्य बढ्यो, चाँदी तोलामा २५ रुपैयाँले घट्यो 

सुनको मूल्य बढ्यो, चाँदी तोलामा २५ रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार